काठमाडौं,
भदौ २१ ।
सोमबार थप एक हजार ८९७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय देशभर गरिएको ११ हजार ६०९ पिसिआर र चार हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा एक हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कुल संक्रमितको संख्या सात लाख ७० हजार ७५९ पुगेको छ । कुल संक्रमितमध्ये ३० हजार ९७३ सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमित मध्ये २८ हजार ९११ जना होम आइसोलेसन र दुई हजार ६२ जना संस्थागत आइसोलेसनमा छन् । देशका विभिन्न अस्पतालमा आइसीयूमा ५१२ जना र भेन्टिलेटरमा १६३ जना उपचाररत छन् ।
यस्तै सोमबार एक हजार ७४३ जना संक्रमण मुक्त भएका छन् । योसँगै सात लाख २८ हजार ९२८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
थप २० जना कोरोना संक्रमितको मृत्यु भएकोक छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।






