निस्वार्थ रुपमा जनताको काम गर्ने नेताको खाँचो

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
भदौ १९ ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’, एक प्रसिद्ध संस्कृत श्लोक हो । यो नेपालको राष्ट्रिय आदर्श वाक्य पनि हो । यो पंक्ति धेरैलाई थाहा छ । धेरैलाई अर्थ पनि थाहा छ । आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् । नेपालको राष्ट्रिय चिह्नमा अङ्कित वाक्य (श्लोकार्ध) हो यो ।

अब मुलकमा देश भक्त राष्ट्रवादी नेताको खाँचो छ । देश बनाउने कुरामा खेलवाड गरेर हुँदैन । देश बनाउने भनेको देश भक्त राष्ट्रवादीेले हो । राष्ट्रवादी भावना सवै नेपालीमा हुनुपर्छ । त्यसो भयो भने मात्र देश बन्छ । बिदेशीको इसरामा चलेर देश बन्दैन । यो कुरा सबैले बुझनुपर्छ । अहिले जे भएको छ, त्यो देशको हितमा भएको देखिदैन । हाम्रो देशका जनता धेरै चिन्तित छन् । नेताका कारण देश बर्वाद भयो । नेता बिदेशिको इसरामा चले । समस्या यो हो । देश र जनताको मुक्तिका लागि अव केही सोच्नुपर्ने बेला भएको छ । हम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाह्रो छ । खोक्रो राष्ट्रवादले मुलुक परिवर्तन हुँदैन । भ्रमको खेती छर्ने नेताबाट मुलुक बन्दैन । आज नेपाली जनता धेरै सचेत छन् । हिजोको जस्तो बेला अहिले छैन । अब जनतालाई भ्रम छर्ने नेताको भविश्य छैन । यो कुरा बुझेर बसे हुन्छ । अव नेपालमा निस्वार्थ रुपमा जनताको काम गर्ने नेताको खाँचो छ । नेताहरूले चर्को भाषण गरेर मात्र जनताले अब पत्याउदैनन् ।

नेताहरूको चर्को भाषण सुन्दा सुन्दै जनता वाक्क दिक्क छन् । यति बेला जनताले नयाँ सोच र चिन्तन बोकेका नेता खोजेका हाम्रो देशमा खोक्रो राष्ट्रवादी नेता मात्र छन् । कुनै पनि मुलुकका लागि सच्चा राष्ट्रवादी नेताको खाँचो हुन्छ । त्यो नेपालमा पाउन गाह्रो छ । नक्कली राष्ट्रवादीहरू धेरै छन् । तिनीहरूको कुरा गरेर साध्य छैन । कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको छ । नेपालमा ‘अन्धराष्ट्रवाद’ छन् । त्यसले गर्दा यी समस्या उत्पन्न भएका छन् । दुख्खको कुरा नेपालमा राजनीतिक दलहरू इमानदार भएनन् ।

नेताहरू पैसामा बिके समस्या यो हो । चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक हो । त्यहाँ एकदलीय शासन प्रणाली छ । उत्तर कोरिया, क्युवा लगायतका केही मुलुक कम्युनिष्ट मुलुक हुन् । नेपालमा कम्युनिष्ट पार्टीले बेलाबेलामा सरकारको नेतृत्व गर्दै आएको छ तर नेपाली कम्युनिष्टहरू बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणालीको अभ्यास गरिरहेका छन् । अन्धराष्ट्रवादले राष्ट्रको प्रतिष्ठा, सामर्थ्य र पहिचानलाई कमजोर बनाउँछ । त्यस्ता चिन्तनहरूले एकातिर मुलुकमा राजनीतिक विवाद निम्त्याउँछन् भने अर्कातिर राष्ट्रिय एकताको भावनालाई कमजोर तुल्याई राष्ट्रियतामाथि नकारात्मक असर पारिरहेका हुन्छन् । अन्धराष्ट्रवादले राष्ट्रियतालाई संकुचित बनाउँछ । अरूलाई गन्दै नगन्ने, सबै आफ्नो मात्र ठिक भन्ने प्रवृत्ति अन्धराष्ट्रवादी चिन्तनमा रहन्छ । यस्तो चिन्तनधारी नेतृत्वबाट देशको भलो हुँदैन । सबैलाई आफ्नै देश, आफ्नै राष्ट्रियता प्यारो लाग्छ । विशेषगरी लोकतान्त्रिक शासन व्यवस्था नभएका मुलुकमा राष्ट्रियस्तरमा अन्धराष्ट्रवादले बढी प्रश्चय पाएको देखिन्छ । अन्धराष्ट्रवादका कारण देशमा विदेशी हस्तक्षेप बढ्दै गएको छ ।

अन्धराष्ट्रवादी चिन्तनले मुलुकको हित गदैन । नेताहरू अझै अन्धराष्ट्रवादी चिन्तनमा छन् । देशले कुनै पनि निरंकुश राज्य व्यवस्था चाहादैन । कसैले त्यो सोचेको छ भने त्यो दिवा सपना मात्र हो । देशको सार्वभौमसत्ता जनताको हातमा हुनुपर्छ । यो लोकतान्त्रिक व्यवस्थामा आमजनताले बोल्न, लेख्न वा चित्त नबुझेको कुरा आलोचना गर्न पाउनुपर्छ । बहुदलीय लोकतान्त्रिक व्यवस्था भनेको सुन्दर पक्ष हो । जनताले कुनै पनि निरंकुश व्यवस्थाको समर्थन गर्दैनन् । निरंकुश व्यवस्था लादन कसैले नसोचे हुन्छ । त्यो नेपालमा टिक्दैन ।

अन्धराष्ट्रवादले मुलुक सकटमा छ । राष्ट्रिय एकताको भावनालाई बलियो बनाउनु पर्छ । नेपाली राष्ट्रियता कमजोर भए नेपाली कमजोर हुन्छन । अन्धराष्ट्रवादले राष्ट्रको प्रतिष्ठा, सामर्थय र पहिचानलाई कमजोर बनाउँछ। वर्तमान नेपालको राजनीतिक सन्दर्भमा पनि बेलाबखत अन्धराष्ट्रवादी, संकीर्णतावादी वा क्षेत्रयतावादी चिन्तन र सोचहरू प्रकट भइरहेका देखिन्छन् । त्यस्ता चिन्तनहरूले मुलुकमा राजनीतिक विवाद निम्त्याउँछन् । राष्ट्रिय एकताको भावनालाई कमजोर हुन दिनु हुँदैन ।

आफ्नो देशलाई छातीमा राखेर मनन गरौ, सबैले नेपाल आमाबारे सोचौं । यो कर्मभूमिबारे सोचौं र मनैदेखि प्रण गरौं ‘जननी जन्मभूमिश्च स्वगादपि गरीयसी ।’

यसमा तपाइको मत

अन्य समाचार