काठमाडौं,
भदौ १७ ।
छायाँछवि तीज म्युजिक अवार्ड-२०७८ का मनोनयन सार्वजनिक गरिएको छ । आठौं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड-२०७८ का लागि मनोनयनमा परेका गीत संगीतकर्मीहरुको सूची सार्वजनिक गरिएको हो । तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या विगतका वर्षहरुमा भन्दा यस पटक केही कमी आएको छ । तरपनि तीजका अवसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने उद्देश्यका साथ छायाँछवी क्रिएशनले यो अवार्डको आयोजना गर्न लागेको जनाएको छ ।
मौलिक सांस्कृतिक पर्व तीजलाई आयोजक संस्थाले मनोरञ्जनको भन्दा पनि संस्कृतिको सम्बर्धन एवं प्रबर्धनसंग जोडेर अवार्ड आयोजना गरिरहेको जनाएको छ । आयोजकले कोरोना कहरबीच पनि यस पटक जे जति गीत निर्माण भए र दर्ता हुन आए, त्यसका लागि सम्पूर्णमा धन्यवाद अर्पण गरेको छ ।
अवार्ड वितरण कार्यक्रम यही भदौ २१ गते सोमबार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आयोजना गरिने बताइएको छ ।
अवार्डका लागि उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छ:-
उत्कृष्ट तीज गीत मिक्सीङ
१. मनोज परीयार : सानीमाया
२. पवन विश्वकर्मा : माइतीको घर
३. मनोज परियार : पातली -३
४. राजु कार्की : सिङ्गापुरे साडी
५. विपिन आचार्य : हाइ मेरो जीन्दगी
उत्कृष्ट तीज गीत एरेञ्जर
१. राकेश सोनी : गर्छु माया गर्छु
२. पवन विश्वकर्मा : माइतीको घर
३. राकेश सोनी : घिन घिन मादल
४. राजेन्द्र बजगाई : फूलै फूल्यो तिउरी
५. झलक संगीतम् : रीमझिमे झरी
उत्कृष्ट तीज गीत नव गायिका
१. सकुना श्रेष्ठ मलेकु : माइतीको आगन
२. शिलाश्मा हमाल : झीलीमाई
३. विन्दु विसी : घिन घिन मादल
४. सरिता सुनार : लोभी बुढा
५. सारदा धिताल : सिङ्गापुरे साडी
तीज गीत मोडल पुरुष
१. राजेन्द्र लोहनी : लकडाउनले
२. दीपेन्द्र तिमील्सीना : पारी वन हरियो
३. अभिषेक खड्का : कलकन्ते काइयो
४. सुमन परियार : जुल्फि पालेको
५. रमेश थापा : मामली तनहु
तीज गीत मोडल महिला
१. अञ्जु सुनार : माईतीको आगन
२. साक्षी लम्साल : आँखा गयो नयाा चिजैमा
३. रोविशा रसाइली : गर्छु माया गर्छु
४. करिश्मा ढकाल : थोपडाले धोका दीयो
५. टीका जैशी : डालीमा पुतली भुरुभुरु
उत्कृष्ट तीज गीत छायांकार
१. मुकेश हुमागाई : आँखा गयो नयाा चिजैमा
२. प्रकाश खड्का : हङकङको साडी –२
३. दुर्गा पौडेल : कुरा काटन
४. रोनिश तामाङ : यसपाली त सोह्रै
५. अजय रेग्मी : टीकटक चलाउने
उत्कृष्ट तीज गीत सम्पादक
१. विनोद वम : आखा गयो नयाा चिजैमा
२. राजकुमार मगर : हङ्कङ्को साडी-२
३. विष्णु शर्मा : सानी
४. सुरेश राउत : सालको पात
५. प्रकाश धमला : अली अली लजाउदै
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. स्मृति तिमील्सीना : अलि अलि लजाउदै
२. दिपेद्र तिमील्सीना : पारी वन हरीयो
३. केशवराज भट्ट : झिलिमाई
४. राजीव बलामी : फुलै फूल्यो तिउरी
५. स्मृति तिमील्सीना : सिङ्गापुरे साडी
उत्कृष्ट तीज गीत भीडियो निर्देशक
१. देवेन्द्र पाण्डे : टीकटक चलाउने
२. सुरेन्द्र वसेल : यस पालीको तीजमा
३. सुमन सागरजंग केसी : जम्का भेट
४. प्रकाश धिताल : झिलीमाई
५. होम गुरुङ : मुग्लिन
उत्कृष्ट तीज गीत शब्द
१. ज्योति गुरुङ : परदेशको छोरी
२. राकेश सोनी : घिन घिन मादल
३. शिताष्मा भुषाल : स्वामीकी प्यारी
४. रमेश परियार : माईती देशौको
५. शुष्मा शाही ठकुरी : सानी
उत्कृष्ट तीज गीत लय
१. एच वि सुनार : माईतीको आगन
२. रमेश परियार : माईती देशैको
३. ऋतु काडेल : अलि अलि लजाउादै
४. राकेश सोनी : गर्छु माया गर्छु
५. भुवन प्यासी : मखमली
उत्कृष्ट दोहोरी तीज गीत गायिका
१. भुमिका शाह : वाटुला
२. भावना आचर्य : टीकटक चलाउने
३. रमीला न्यौपाने : नाई भन्न पाईदैन
४. पुर्णकला बिसी : धिपी धिपी बत्ती
५. चिजा तामाङ : तारा जुन
उत्कृष्ट दोहोरी तीज गीत गायक
१. भागीरथ चलाउने : थोपडाले धोका दियो
२. सम्राट चौलागाई : सम्झीने पानी छम्किने
३. खेम सेञ्चुरी : धिपी धिपी बत्ती
४. खुमन अधिकारी : अब होला केही
५. भुवन प्यासी : मखमली
उत्कृष्ट तीज गीत गायिका
१. मन्जु उपासना : माईतीको आगन
२. ऋतु कडेल : अलि अलि लजाउादै
३. दीया नेपाल : पिलासे चोली
४. सुनिता दुलाल : परदेशकी छोरी
५. रोशनी रसाईली : गर्छु माया गर्छु
उत्कृष्ट मौलिक तीज गीत गायिका
१. सुनिता दुलाल : स्वामीकी प्यारी
२. कल्पना काफ्ले : कम्मरै ढलमल
३. स्मृती गौतम : माईती देश
४. कला लम्साल : पातली-३
५. उमा श्रेष्ठ : तीजैको मेला






