मेलिना र गोविन्दको स्वरमा ‘झ्यालको पर्दा’ (भिडियोसहित)

काठमाडौं,
भदौ १५ ।

गायिका मेलिना राई तथा गायक गोविन्द चेम्जोङ लिम्बुको स्वरमा रहेको गीत ‘झ्यालको पर्दा’ सार्वजनिक भएको छ । रामजन सुब्बाको शब्द तथा सङ्गीत, चन्दु गोर्खालीको सङ्गीत संयोजन तथा चन्द्र चौधरीकोे मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सोनाम लामाको निर्देशन रहेको भिडियोमा एलिसा राई र प्रदिप लामा ‘दि नेक्स्ट ग्रुप’लाई फिचर्ड गरिएको छ । निकै आकर्षक ढंगले नेपाली सेरोफेरोलाई देखाइएको भिडियोमा शैलेन्द्र थेबेको कन्सेप्ट, पवन सुस्लिङको छाँयाकन तथा सम्पादन र प्रदिप लामाको कोरियोग्राफी छ ।

यसमा तपाइको मत

अन्य समाचार