काठमाडौं,
भदौ १४ ।
देविका बन्दनाको स्वरमा रहेको नयाँ गीत ‘परदेशी-२’ सार्वजनिक भएको छ । सञ्जीत श्रेष्ठको शब्द तथा सङ्गीत र सञ्जाल बिटु भण्डारीको सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गायिका बन्दनाले आफ्नै निवासमा उक्त गीत तथा म्युजिक भिडियोमा आवद्ध सहकर्मीमाझ केक काटेर भिडियो प्रिमियर गर्नुभएको हो ।
गायिका देविका बन्दनाको आधिकारिक यूट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा एलिशा पुन, सञ्जाल भण्डारी, निश्चल भण्डारी तथा हीना मगरको अभिनय छ ।
सञ्जीत श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा रंग संयोजन गर्नुभएको छ । दाजु भाइ कम्पनिले निर्माण गरेको उक्त भिडियोलाई लाटोकोसेरो फिल्मले उत्पादन गरेको हो । छेवाङ लामाले यो म्युजिक भिडियो निर्देशन गर्नुभएको छ ।
यसअघि गायिका बन्दनाले ‘परदेशी’ गीतको पहिलो भाग अघिल्लो वर्षको मार्च २० का दिन आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको थियो ।






