नवीन मनोहर
रामेछाप, मन्थली
भदौ ४ ।
आँखाले आँखालाई
मनले मनलाई
कर्ण विवरले
कर्ण विवरलाई
गर्ने प्रेम नै अव्यक्त प्रेम रहेछ,
सबै बुझेर
सबै थाहा पाएर
हल्ला खल्लाहरू
जोर जुलुमहरू
शेर गुलहरू
बल्ल पो पत्ता पाएँ
बल्ल पो थाहा पाएँ
कि जीवनमा
अव्यक्त प्रेम जस्तो मिठो केही नहुने रहेछ ।
अव्यक्त प्रेमजस्तो अमर अन्य केही नहुने रहेछ ।।






