काठमाडौं,
भाद्र १ ।
वरिष्ठ आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाको निधन भएको छ । आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष एवम् वरिष्ठ आयुर्वेद चिकित्सक, आयुर्वेद हेल्थ होमका संस्थापक मेडिकल डाइरेक्टर डा. कोइरालाको उपचारका क्रममा मंगलबार दिउसो १ बजे ह्याम्स अस्पतालमा निधन भएको हो ।
उहाँको निधन भएको आयुर्वेद हेल्थ होमले जानकारी दिएको छ । संस्थापक डाइरेक्टरको मृत्युले अपूरणिय क्षति भएको आयुर्वेद हेल्थ होमले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।
‘यस आयुर्वेद हेल्थ होमका संस्थापक मेडिकल डाइरेक्टर, राष्ट्रिय एवं अन्तरराष्ट्रिय रूपमा ख्याति प्राप्त, बहुआयामीक प्रतिभाका धनी, मृदुभाषी, मिलनसार, आयुर्वेद क्षेत्रका अग्रज, गुरु, पथप्रदर्शक, श्रध्देय डा ऋषी राम कोईरालाज्यूको आज मिति २०७८।०५।०१ गते अपरान्ह १ वजे ६३ वर्षको अल्पायुमा असामयिक निधन भएकोमा हामी अत्यन्त मर्माहत भएका छौं’, आयुर्वेद हेल्थ होमले लेखेको छ ।
डा. कोइरालालाई हृदयाघात भएपछि शुरुमा गंगालाल अस्पताल लगिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि ह्याम्समा लगिएको थियो ।






