‘दोष तिम्रो हो की मेरो’ दर्शकमाझ ल्याउँदै रमेश

काठमाडौं,
साउन ३० ।

निर्देशक रमेश कोइराला नयाँ सिरियल मार्फत दर्शकमाझ आउनुहुने भएको छ । सानो पर्दा र ठूलो पर्दामा उत्तिकै समय दिइरहनुभएका कोइरालाको निर्देशनमा ‘दोष तिम्रो हो की मेरो’ मेगा सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको हो ।

निर्माणाधीन अवस्थामा रहेको उक्त मेघा सिरियलको स्क्रिप्ट लेखन कार्य सम्पन्न भइ हाल कलाकारहरूको चयन भइरहेको निर्देशक कोइराला जानकारी दिनुभयो । सिरियलका लागि रमेश बुढाथोकी, अनिता केसी, बुद्धि तमाङ, जेएन घिमिरेलगायतका कलाकारको चयन भइसकेको छ भने अन्य कलाकार तथा प्राविधिकहरूको चयन जारी रहेको छ ।

‘यो मेरो निर्देशनको नवौं टेलिश्रृंखला हुनेछ, निर्देशक कोइराला भन्नुहुन्छ- ‘यो श्रृंखला आगमाी दशैंदेखि आम दर्शकले टेलिभिजन तथा युट्युबमार्फत हेर्न सक्नु हुनेछ ।’ निर्देशक कोइरालाका अनुसार यही भदौको पहिलो सातादेखि यो श्रृंखलाको छायांकन प्रारम्भ गरिनेछ । यो श्रृंखलामा कथा तथा निर्देशन रमेश कोइरालाको रहने छ भने पटकथा तथा सम्बाद जया ओझाको रहने छ ।

रोजा तिमिल्सिनाको प्रस्तुततिमा यो श्रृंखलालाई मदानी मूभी तथा इन्टरटेन्टमेन्टले निर्माण गर्नेछ । निर्माण संयोजकको रुपमा अनन्तराज तिमिल्सिना रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार