‘लभ सर्कल’को ‘ओ मैया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन २६ ।

चलचित्र ‘लभ सर्कल’को पहिलो गीत ‘ओ मैया’ सार्वजनिक भएको छ । यही साउन २९ गतेबाट डिस होममा सार्वजनिक हुने यो चलचित्रको सार्वजनिक गीतमा अंकितबाबु अधिकारी र विद्या तिवारीको स्वर, अंकित र अनवेष थुलुङ राईको शब्द तथा अंकितकै सङ्गीत छ ।

गीतमा चलचित्रका कलाकारहरू नाजिर हुसेन, मुकुन भुसाल, पवित्रा आचार्य र रिस्ता बस्नेत फिचर्ड हुनुहुन्छ । वसन्त निरौला निर्देशित फिल्ममा रवीन्द्र झा र सुमन कोइरालाको पनि अभिनय छ ।

https://www.youtube.com/watch?v=mGoG4aeD3wQ

चलचित्रमा अंकितबाबु अधिकारीको सङ्गीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, विनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

डिस होम सिनेमा घर च्यानल नम्बर ५५५ बाट प्रदर्शन आउने यो चलचित्र सम्पूर्ण डिजिटल प्लेटफर्ममा पनि प्रदर्शन गरिने निर्माता अग्रवालले जानकारी गराउनुभयो ।

मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ओमप्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ ।

यसमा तपाइको मत

अन्य समाचार