खोपका लागि कलकार संघद्वारा आभार व्यक्त

काठमाडौं,
साउन २५ ।

कोरोना भाइरसको संक्रमणका विरुद्ध कलकार्मीले आइतबार खोप लगाएका छन् । यसका लागि नेपाल चलचित्र कलाकार संघले आभार व्यक्त गरेको छ । कलाकर्मीहरुलाई खोप लगाउने अभियान सफलतापूर्वक सम्पन्न भएको नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले सोमबार एउटा प्रेस विज्ञप्ती जारी गर्दै उल्लेख गर्नु भएको छ ।

विज्ञप्तीमा भनिएको छ-‘चलचित्र विकास बोर्डको समन्वयमा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द कलाकार संघ, नेपाल चलचित्र नृत्य संघ, सांगीतिक संघ, आदिवाशी जनजाती चलचित्रकर्मी महासंघ, नृत्य निर्देशक संघ नेपाल लगायतका चलचित्रका पेशागत वर्गीय संघरसंस्थाको साथ सहयोगमा नेपाल चलचित्र कलाकार संघको आयोजनामा पाटनस्थित अशोक पार्टी प्यालेसमा विशेष प्रथमिकताका साथ १५ सय २६ जना चलचित्रकर्मीलाई कोभिड विरूद्धको खोप लगाउने कार्यक्रम सम्पन्न भयो ।’

‘कोभिडविरूद्धको खोप उपलब्ध गराउन हामीलाई सहयोग गर्नुहुने नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, तत्कालिन स्वास्थ्य सचिव लक्ष्मण अर्याल, खोप शाखाका प्रमुख झलक गौतम, का प्रमुख अनिल थापा, स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल, स्वास्थ्य मन्त्रालयका अधिकृत नवीन खड्कालगायत खोप कार्यक्रममा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई सम्पूर्ण चलचित्रकर्मीको तर्फबाट आभारका साथै साधुबाद व्यक्त गर्न चाहन्छौं, विज्ञप्तिमा भनिएको छ- ‘साउन २४ गते चलचित्रकर्मीलाई उत्साहबर्धन गर्न अतिथिको रूपमा आउनु भएका ललितपुर महानगरपालिकाका उप मेयर गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौला, चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाललगायत अतिथि एवम् चलचित्रकर्मीहरूलाई ह्रदयदेखि नै अभिवादन गर्न चाहन्छौं ।’

कोभिडविरूद्धको खोप लगाउने अभियानमा अहोरात्र खटिनु हुने कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायत पदाधिकारी सदस्यहरू तथा पेशागत संघरसंस्थाका अध्यक्षलगायत सदस्यहरूमा नमनका साथै आभार प्रकट गर्न चाहन्छौं, विज्ञप्तीमा भनिएको छ–‘चलचित्रकर्मीहरुलाई कोभिडविरूद्धको खोप उपलव्ध गराउनका लागि समाचार सम्प्रेशण गरेर र हामीलाई प्रोत्साहन दिएर साथ सहयोग गर्नु भएका सञ्चार संस्था र सञ्चारकर्मीज्युलाई पनि हामी धन्यबाद दिन चाहन्छौं । कोभिड बिरूद्धको खोप लगाउन विश्वासका साथ उत्साहजनक रूपमा चलचित्र क्षेत्रका अभिनेता, अभिनेत्री,चरित्र अभिनेता अभिनेत्री, निर्देशक, छायांकारलगायत प्राविधिक, नृत्य कलाकार, नृत्य निर्देशक, द्वन्द कलाकार, द्वन्द निर्देशक,सिनेमा घरका प्राविधिक, सिनेमा घर सञ्चालक, चलचित्रका निर्माता, चलचित्रका बितरक, गायक, गायिका, संगीतकार , चलचित्रका लेखकहरूको सहभागिता भएकोमा पनि हामी धन्यवाद दिन चाहन्छौं ।’

यसअघि किर्तिपुर आर्युवेदिक अस्पतालमा संघका अध्यक्ष रवीन्द्र खड्काको अनुरोधलाई स्वीकार गरी १०० जना कलाकारहरूलाई खोप उपलब्ध गराउन सहयोग गर्नुहुने डा. श्याम उप्रेती र डा. तारानाथ पोखरेलप्रति पनि संघले आभार प्रकट गरेको छ ।

‘यो खोप अभियानबाट समाजमा खोपको आवश्यकता र खोप लगाउनुपर्छ भन्ने सकारात्मक सूचना सम्प्रेशण भएको हामीले विश्वास लिएका छौं, विज्ञप्तीमा भनिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार