काठमाडौं,
साउन २२ ।
गायक तथा सङ्गीतकार सुवर्ण कुमार श्रेष्ठ र गायिका दीपा कोईरालाले स्वरमा रहेको तीज गीत ‘छमछम छमछम नाच बरीलै…’ सार्वजनिक भएको छ । सुवर्णकै शब्द, सङ्गीत र सङ्गीत संयोजना रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिनुभएको छ ।
सरस्वती श्रेष्ठ निर्माता रहेको यो गीतको भिडियोलाई सुवर्ण कुमारले नै छायांकन र सम्पादन गर्नुभएको छ । जीवन थापाले निर्देशन गरेको भिडियो क्राफ्ट नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
भिडियोमा गायिका दीपा कोईरालासहित मञ्जुला गिरी, सविता कार्की, रफ्तार पौडेल, केशब विसी, प्रवेश पौडेलको अभिनय छ । त्यस्तै नृत्य कलाकारका रुपमा सुस्मिता श्रेष्ठ, सुस्मिता कार्की, रञ्जु मगर, भावना पौडेललगायत रहनु भएको छ ।






