कविता : लघुतावाची

✍️ पेशल आचार्य
काठमाडौं,
साउन २२ ।

लघुता
वा बढोत्तरी
मानिसका सोच हुन्
गरिमा
वा लघिमा
हृदयका गुम्फित तरङ्ग हुन्
आफू ठूलो
स्व ठालू
निज महान्
भन्नेहरू आफ्नो ठाउँमा ठूला होलान्
तर सामान्य
सर्वमान्य ठाउँमा ती
लघुतावाची हुन्,

मानिसको स्वपहिचान
बलिरहेको दीपकले दिन्छ
दियो बलीमात्र रहन्छ
तर कहिल्यै हल्ला गर्दैन
मात्र बलिरहन्छ
फगत् बलिरहन्छ
अनि बलिरहन्छ,

जीवनमा कसैलाई
लघु हुन मन हुँदैन
तर व्यवहारले
भैदिन्छन् शनैः शनैः
लघुपुरुष,

दीर्घपुरुष हुन त
मन
मुटु
र हात
दिग्दिगन्तसम्म फैलिएको हुनु्पर्छ ।।

यसमा तपाइको मत

अन्य समाचार