उपत्यकामा १ हजार २७९ सहित ४ हजार १०७ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

काठमाडौं,
साउन २० ।

केही दिन यता देशैभर कोरोना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या फेरि बढन थालेको छ । बुधबार काठमाडौं उपत्यकमा एक हजार २७९ सहित चार हजार १०७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा चार हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार काठमाडौं उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भने देशभर ३३ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जना संक्रमित थपिएका हुन् । बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख पाँच हजार ७२ पुगेको छ ।

देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित रहेका छन् । ७१४ जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यस्तै बुधबार देशभर एक हजार ५३५ जना संक्रमणमुक्र भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुने को संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।

१० वर्ष मुनिका ७१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

बुधबार थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ९५७ पुगेको छ । मंगलबार २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार