थप ३१ सय २५ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

काठमाडौं,
साउन १८ ।

सोमबार थप तीन हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पिसिआर परीक्षणमा दुुई हजार २७९ र तीन हजार १९८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ । कुल संक्रमितमध्ये ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन् । कोरोनाका बिरामीमध्ये ६९० जनाको आईसीयू र १७५ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै २८ हजार ४०५ जना होम आइसोलेशन मै हुँदा तीन हजार २२४ जना भने संस्थागत आईसोलेशनमा छन् ।

त्यस्तै सोमबार थप एक हजार ९२५ जना संक्रमणमुक्त भएका । योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ ।

सोमबार काठमाडौं उपत्यकामा ७७० जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ५५६ भक्तपुरमा ९९ र ललितपुरमा ११५ जन छन् । मन्त्रालयका अनुसार पछिल्लो समयसम्म काठमाडौं उपत्यकामा ८ हजार ८९५ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौंमा ६ हजार २०४, भक्तपुरमा एक हजार १४५ र ललितपुरमा एक हजार ५४६ छन् ।

थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ८९८ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार