काठमाडौं,
साउन १७ ।
गायक सम्राट चौलागाइँले करिब पाँच पहिना पहिले ‘सम्झिनी पानी छम्किनी’ बोलको गीत दर्शकमाझ ल्याउनुभयो । युट्युवमा यो गीतलाई हालसम्म ८० लाख पटकभन्दा धेरै हेरिएको छ । यो बीचमा सम्राटले नजिकिँदो हरितालिका तीजलाई लक्षित गर्दै सोही गीतको ‘तीज भर्सन’ सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच गीतको भिडियो सार्जजनिक गरिएको हो ।
विक्रम स्वाँरले निर्देशन गरेको गीतको भिडियोमा भुवन केसी, निर्देशक दीपाश्री निरौंला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राट आफैँ पनि फिचर्ड हुनुहुन्छ मोडल गीता ढुङ्गानाको अपोजिटमा ।
चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरू जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न सकिन्छ ।
गायक सम्राट चौलागाइँकै अफिसियल युट्युव च्यानलमार्फत इन्टरनेट रिलिज गरिएको भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन विरवहादुर थारुले गर्नुभएको छ । गीतमा शब्द सङ्गीत पनि गायक चौलागाइँकै छ ।






