खीर खाएर साउन १५ मनाइँदै

काठमाडौं,
साउन १५ ।

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । असार १५ मा दही–च्यूरा खाने दिनका रूपमा मनाइँने चलन रहीआएको छ भने साउन १५ मा खीर खाने दिनका रूपमा प्रचलित रहेको छ । असार १५ मा दही–चिउरा खाँदै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरूले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् । यस्तै हाम्रा अन्य तिथि मितिमा पनि विभिन्न परिकार खाने चलन रहीआएको छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ ।

ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्पराअनुसार दूध-घ्यू प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन चल्दै आएको जानकारहरू बताउँछन् ।

दूधमा चामल मिसाई पकाइएको खीरलाई स्वादिष्ट बनाउन मरमसलाका साथै सखर हालिन्छ । यसरी बनाइएको खीर शक्तिबर्धक हुनुका साथै रोगनिवारक हुन्छ । मानव शरीरलाई आवश्यक पोषकतत्व पूर्ति गर्न र बेलाअनुसार आहारको आस्वाद लिन नेपाली समाजमा थरिथरिका परिकार खाने चलन छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाएजस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन रही आएको संस्कृतिविदहरू बताउँछन् ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ ।
मानव शरीरलाई आवश्यक पोषकतत्व पूर्ति गर्न र बेलाअनुसार आहारको आस्वाद लिन नेपाली समाजमा थरिथरिका परिकार खाने चलन छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाएजस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन रही आएको छ ।

परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । त्यस्तै मंसिर पुर्णिमामा यमरी खाने चलन नेवार समुदायमा छ ।

यसमा तपाइको मत

अन्य समाचार