काठमाडौं,
साउन १४ ।
खुमन अधिकारी र सुनिता दुलाल सन्जेलको स्वरमा रहेको तीज गीत ‘नाचिदेउ पुतली’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा सङ्गीत र बिनोद बाजुरालिको सङगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगानालाई फिचर्ड गरिएको छ । एसपी म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भडियोमा बुद्द थापाको छायांकन र मिलन बिस्वकर्माको सम्पादन छ ।






