थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण, २० को मृत्यु

काठमाडौं,
साउन १२ ।

फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो एकसाता लगातार संक्रमणदर बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना संक्रमित बढेका छन् । सोमबार तीन हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने मंगलबार बढेर तीन हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न ठाउँमा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणका क्रममा मंगलबार थप तीन हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मंगलबार थप एक हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ । पछिल्लो समय सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ ।

यस्तै मंगलबार इलाममा ८, उदयपुरमा १०, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा २६१, ताप्लेजुङमा १, तेह्रथुम ४, धनकुटामा ३१, पाँचथर २३, भोजपुरमा ३, मोरङमा २४९, संखुवासभामा २, सोलुखुम्बु २, सुनसरी १८९, धनुषामा ४, पर्सामा २, बारामा ६, महोत्तरीमा ६, रौतहटमा ९, सप्तरीमा ६, सर्लाहीमा ११, सिरहामा ११, काठमाडौंमा ४७५, काभ्रेमा ३३, चितवनमा १९३, दोलखामा ५५, धादिङमा १९, नुवाकोटमा ३९, भक्तपुरमा १३२, मकवानपुरमा ७९, रसुवा २, रामेछापमा १४, ललितपुरमा १६७, सिन्धुपाल्चोकमा ११, सिन्धुली ८, कास्कीमा २७८, गोरखामा १२, तनहुँमा ३६, नवलपरासी पूर्वमा ६६, पर्वत ८, मुस्ताङमा २, म्याग्दी २, लमजुङमा ४, बागलुङमा २८ र स्याङजामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी अर्घाखाँचीमा ९, कपिलवस्तुमा ३, गुल्मीमा ६, दाङमा १३, नवलपरासीमा ४, पाल्पामा १४, प्यूठानमा३, बर्दियाका १६, बाँकेमा १२, रुकुम पूर्व १, रुपन्देहीमा १९, रोल्पामा ४, कालिकोटमा २, जाजरकोटमा १, जुम्ला १, दैलेखमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा १९, अछाममा २, कञ्चनपुरमा ५, कैलालीमा ४९, डडेल्धुरामा ३, डोटी ५, र बझाङ २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार थप २० जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड-१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ७५८ पुगेको छ ।

मंगलबारको संक्रमण दर २२.२५ प्रतिशत छ । सक्रिय संक्रमण दर वृद्धि भएर ४.२१ प्रतिशत पुगेको छ । मृत्युदर पनि बढेर १.४२ प्रतिशत पुगेको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार