जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

काठमाडौं,
साउन ११ ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । यादवका पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले निर्वाचन आयोगले उहाँलाई आधिकारिकता दिएको हो ।

५१ सदस्यीय समितिमध्ये रेशम चौधरी तटस्थ बस्नुभएको थियो । पक्ष विपक्षमा भएका ५० जनामध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।

जसपाको आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई बोलाएको थियो । आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई ‘हेट काउन्ड’ गरेको थियो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार