काठमाडौं,
साउन ८ ।
नेपाली कांग्रेसको तरुण विभागले काभ्रेका प्रदीप तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी प्रदान गरेको छ । लामो समयदेखि डेनमार्कमा बस्दै आउनुभएका तिवारीलाई साउन ४ गते डेनमार्कको शाखा प्रमुखको जिम्मेवारी तोकिएको हो ।
तरुण विभाग प्रमुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी दिनुभएको हो ।
डेनमार्कमा बस्ने तरुण युवाहरू जो लोकतन्त्र र प्रजातन्त्रप्रति विश्वास राख्छन् उहाँलाई समेट्न अनुरोध गरेको छ । आगामी दिनमा डेनमार्कमा बस्ने नेपाली कांग्रेसका सुभेच्छुकलाई समेटेर नेपाली कांग्रेस तरुण विभागको पार्टिको नीति नियम ईमान्दारीका साथ पालना गर्दै सक्रिय भएर तरुणहरूको हितका लागि काम गर्ने तिवारीले बताउनुभयो ।






