‘हेल्लो ब्रो’ बुढासुब्बाको बीएम टिभीबाट प्रसारण

काठमाडौं,
साउन ७ ।

सलोन सलिना फिल्मस्को व्यानरमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । लेखक तथा निर्देशक सुरेश न्यौपानेको निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिष्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ ।

सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, सुरेश न्यौपानेको कथा, केदार भुसाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको सङ्गीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ ।

सिरिज साउन ७ गतेदेखि हरेक बिहीबार राती ७ बजे बुढासुब्बाको बीएम एचडीटिभीबाट प्रसारणमा आएको छ । नेपाली चलचित्र र थुप्रै मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको बीएम टेलिभिजनले सातै दिन नयाँ नयाँ सिरिजका साथै चलचित्रहरू प्रसारण गर्दै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार