काठमाडौं,
साउन ७ ।
अंकित न्यौपानेको स्वरमा रहेको गीत ‘यस्तो किन हुन्छ…’ सार्वजनिक भएको छ । जीबन शाहीको निर्देशन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
लेखराज गिरीको शब्द तथा सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतमा बाढी पिडितको कथा व्यक्त गरिएको छ । भिडियोमा सुधिर श्रेष्ठ, सरस्वती खत्री, मनोज ओली र सम्मान मल्ल श्रेष्ठलाई फिचरिङ गरिएको छ ।
डम्बर राईको छायाँकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।






