पवन भुसाल
बुटवल,
साउन ७ ।
पोखरी नबनु ।
इच्छा छैन तलैया र तालै बन्ने पनि ।
खहरे नै सही खोला बनु ।
बगिरहु निरन्तर ।
स्रोतबाट निस्किएर,
पहाडहरू को चेप बाट आफ्नो बाटो बनाउँदै ।
भिर पाखा र भञ्ज्याङ्हरूका बीचमा अफ्नो मार्ग कोर्दै ।
चट्टानहरू खियाउँदै।
यात्रा निरन्तर होस् ।
इस्थिर नहु ।
गति होस् ।
जोडिउन अनेकन खहरे र खोलाहरू म मा ।
महासागरमा बिलिन हुन भन्दा अगाडी,
बुझाउन सकु धर्ती र प्राणीका प्यास अनि रहरहरू ।
महासागरमा बिलिन हुन भन्दा अगाडी,
पखाल्न सकु सबै मन र तनका पाप अनि फोहोरहरू ।






