‘तिम्रै लागि’ भन्दै तारा (भिडियोसहित)

काठमाडौं,
साउन ७ ।

गीतकार तारा अधिकारीको नयाँ गीत ‘तिम्रै लागि’ सार्वजनिक गरिएको छ । सुनौलो तारा युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो । इन्दिरा जोशीको स्वर रहेको गीतमा सङ्गीत हरि लम्साल र सङ्गीत संयोजन उदयराज पौडेलको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई चन्द्र चौधरीले मिक्सिङ गर्नुभएको हो ।

गीतको भिडियोमा विकास लामिछाने, उषा उप्रेती, धर्मेन्द्र आचार्य, रियांशी थापा, गोविन्द काफ्ले, डा. अनिलकुमार भट्ट र डा.उमा क्यालको अभिनय छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई शिव ढकालले छायांकन र नकुल खड्काले सम्पादन गर्नुभएको छ । म्युजिक भिडियोको चन्द्र विनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो ।

गीतमा सम्पन्न परिवारकी युवतीले आफ्नो प्रेमीका लागि घर छाडेपछि उत्पन्न हुने जीवन र त्यसमा आउने उतारचढाव देखाइएको छ । भावुक गीतमा उषा र बालकलाकार रियांशीको राम्रो अभिनय छ ।

 

यसमा तपाइको मत

अन्य समाचार