बुद्ध र मुनाको स्वरमा ‘बन्छ तिम्रै नाम’ (भिडियोसहित)

काठमाडौं,
साउन ६ ।

बुद्ध घलान र मुना वाइवाको स्वरमा रहेको गीत ‘बन्छ तिम्रै नाम’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को सङ्गीत र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा गरिमा शर्मा र कुन्साङ बमजनको अभिनय छ । बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको भिडियोम डस म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार