अभिनेत्री पल्पसा डंगोल अस्पताल भर्ना

काठमाडौं,
साउन ३ ।

अभिनेत्री पल्पसा डंगोल अस्पताल भर्ना हुनुभएको छ । मृगौलामा देखिएको स्वास्थ्य समस्याका कारण उहाँ अस्पताल भर्ना हुनुभएको हो । हास्य टेलिश्रृखङ्ला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’का रुपमा अभिनय गरेर लोकप्रियता हासिल गर्नुभएकी पल्पसा केही दिनअघिमात्र महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना हुनुभएको थियो ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाका अनुसार केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किनुभएकी पल्पसाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उहाँका अुनसार केही समयदेखि पल्पसाको डायोलोसिस गरे पनि अहिले डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् ।

विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ अभिनय गर्दै आउनुभएकी पल्पसाले अन्य टेलिचलचित्र, चलचित्र तथा म्युजिक भिडियोसमेत अभिनय गर्नुभएको छ । उहाँ टेलिचलचित्र ‘दृष्टि’की निर्देशकसमेत हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार