काठमाडौं,
साउन १ ।
राजनराज शिवाकोटीको स्वर तथा सङ्गीत र डा.प्रकाश पौडेलको शब्द रहेको ‘फूलकुमारी’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र सञ्चारकर्मी श्री पाण्डेलाई फिचरिङ गरिएको छ ।
काठमाडौं वरपरको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सरिन पोखरेलको निर्देशन छ ।
एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापन गरेको गीतलाई युट्युबलगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्ममार्फत एकैपटक सार्वजनिक गरिएको कम्पनीका निर्देशक इश्वर गुरुङले बताउनुभयो ।






