एनआरएनए अष्ट्रलियाको तास्मानियाबाट सन्देश समूहको उमेद्वारी दर्ता

अष्ट्रलिया,
साउन १ ।

एनआरएनए अष्ट्रलियाको ३१ जुलाईमा सम्पन्न हुने निर्वाचनका लागि तास्मानिया राज्यबाट ‘हाम्रो ए.आर.एन. ए- राम्रो एन.आर .एन. ए’ नाराका सहित सन्देश परियारले आफ्नो समूह सार्वजनिक गर्दै उमेद्वारी दर्ता पनि गरेका छन् ।

हालै आयोजित विशेष भेलाले एनआरएनए तास्मानिया संयोजक सहितका उम्मेदवारहरूको नाम घोषणासँगै दर्ता पनि गराएको हो । जसमा एनआरएनए तास्मानिया राज्य संयोजकमा सन्देश परियारको उमेद्वारी रहेको छ भने एनआरएनए एनसीसी सदस्यमा प्रमेज धामी र कविन कर्मचार्य सदस्य छन् ।

त्यस्तै यसै समूहबाट एनआरएनए तास्मानिया राज्य उपसंयोजक टेकनाथ सापकोटा, एनआरएनए एससिसि सचिव प्रदीप पोखरेल, एनआरएनए एससिसि उप-सचिव मुगेन्द्र गौतम, एनआएनए एससीसी कोषाध्यक्ष उमेस सेन्चुरी, एनआएनए एससीसी युवा संयोजक रिवाज राउत क्षेत्री, एनआएनए एससिसि सदश्य प्रीती श्रेष्ठ, अर्जुन श्रेष्ठ, प्रमोद भण्डारी, सुमन पराजुली, महेश्वरी नेपाल र सदस्य सुभाष खतिवडालगायत रहेका छन् ।

नेपाली समुदायलाई अझ सक्षम र सबल बनाउन सबैको एकता र सक्रियताको खाँचो रहेको राज्य संयोजक उमेद्वार सन्देश परियाले बताएका छन् ।

राज्य संयोजक सन्देश समूहले आठ बुदे कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसमा एनआएनए समूहलाई ताम्सानियमा दर्ता गर्ने, स्थानिय लाइबेरीमा नेपाली पुस्तक राख्ने र स्थानिय स्कुलमा नेपाली पठनपाठनको ब्यवस्था गर्ने, ४९१ भिसा होल्डर हरुको सम्पत्ति सम्बन्धी अधिकार को कुरा लाई अगडी बढाउने, सामुदायिक भवन तथा नेपाली डिजाइन अनुसारको मन्दिर निर्माण गर्ने, युवा बर्गका लागि स्वस्थ्य तथा खेलकुदका कार्यक्रम, यहाँ रहेको सम्पुर्ण नेपाली संघ संस्थाहरूसँग समन्वय गर्दै अझ सबल र प्रभावकारी बनाअनको लागि कार्य गर्ने, नेपाली ब्यबसायीहरू लागि सहयोग गर्दै यो समुदायको ब्यबसाहिक क्षेत्रको बिकासका लागि मद्दत गर्ने, नेपाली कलासंस्कृति प्रवद्र्धन तथा संम्बद्र्धनका लागि नेपाल फेष्टिभल कार्यक्रमलगायत रहेका छन् ।

यो समूहका उमेद्वारहरूले संस्थागत रुपमा मात्र नभएर ब्यक्तिगत रुपमा पनि स्थानिय नेपालीहरूका लागि सधै सहयोग र साथ दिदै आएकोले उहाँहरूको साथले पनि यो समूह विजय हुने दावी केन्द्रीय सदस्य पदका उमेद्वार प्रेमेज धामीले गरे ।

यसमा तपाइको मत

अन्य समाचार