वेदु सारु मगरको स्वरमा ‘तिमी निष्ठुरी हौ’ (भिडियोसहित)

काठमाडौं,
असार २६ ।

वेदु सारु मगरको स्वरमा रहेको गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ । गायक मगर र दिनेश सुवेदीको संयुक्त शब्द तथा गायक मगरकै सङ्गीत रदिक्षित पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा सुधीर श्रेष्ठ र रोशनी कार्की फिचर्ड हुनुहुन्छ । पवन सुस्लिङ्गको छायांकन र सम्पादन तथा स्वर्णिम थापाको कन्सेप्ट र निर्देशन रहेको भिडियोकी निर्माता सीता पोखरेल हुनुहुन्छ ।

गायक मगरको आधिकारिक च्यानल वेदु सारु मगरमार्फत भिडियो सार्वजनिक गरिएको छ । ‘भ्वाइस अफ टिन’को विजेता गायक मगरले यसअघि ‘डोली पियारी’, ‘तिमी नै त हौ’ लगायतका गीत सार्वजनिक गरिसक्नु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार