मुलुकका विभिन्न भागमा भारी वर्षाको सम्भावना

काठमाडौं,
असार २६ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको र हाल प्रदेश १, वाग्मती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार