कविता : शुभदिन

✍️ पेशल आचार्य
काठमाडौं,
असार २३ ।

हिजो पनि यसैगरी
घाम झुल्किएथ्यो
आजपनि यसैगरी
घाम झुल्किएछ
भोलिपनि यसैगरी
घाम झुल्किनेछ
फरक छ
हिजो
आज
र भोलिमा
हिजो ऊ विनाको
आषुतोषथिएव्योममा
आज ऊ सहितका दिनकर छन् आकासमा
भोलि ऊ रहितका भाष्कर हुनेछन् गगनमा,

यो सृष्टिचक्र
यो वृत्तको घुमाइ
फन्फनी
घुमिरहेका छौं हामी
निरन्तर
निरन्तर
निरन्तर
क्रमागत रूपले,

विगत
आगतको बाउहो
आगत
विगतको छोरा हो
क्रमागत
दुवै दुवैको सन्तती हो,

यो रङ्गीन महोत्सवमा
यो इन्द्रेणी जन्मोत्सवमा
तिमीलाई
नदी भन्दा गहिरो
र आकासभन्दा फराकिलो
अनन्त अनन्त शुभकामना
अटल असल शुभकामना
चिर आयु
सुस्वास्थ्य
र मङ्गल सिद्धिको
असमेल
अद्वितीय
शुभकामना ।।।

यसमा तपाइको मत

अन्य समाचार