थप २६ सय २२ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

काठमाडौं,
असार २१ ।

सोमबार थप दुई हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको सात हजार ४९९ जनाको पिसिआर परीक्षणबाट एक हजार ७४५ र चार हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जनागरी दुई हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमित संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय देशभर रहेका २५ हजार ६९० सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा छन् । यस्तै संस्थागत आइसोलेसनमा दुई हजार ६९२ जना छन् । तीमध्ये ५७१ जनाको आईसीयू र १८० जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

काठमाडौं उपत्यकामा सोमबार थप ५६२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै थप दुई हजार २११ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ ।

सोमबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार २४८ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार