काभ्रे,
असार २० ।
एमालेका युवा नेता, समाजसेवी तथा युवा व्यवसायी रत्न कुश रंजितले कोभिड-१९ को प्रभावले समस्यामा परेका १२ सय घर परिवारलाई खाद्यान्न वितरण गर्नुको साथै घरमा आगलागी भएको परिवार लाई जस्ता पाता सहयोग गर्नुभएको छ । यातयातको असुविधा साथै आर्थिक अवस्था कमजोर हुँदा जस्ताको पाता खरिदमा समस्या लगायतका बाध्यताले ग्रामीण भेगका मानिसहरूले खरले छाएको छाना मुनी जीवन यापन गर्न बाध्य छन् ।
बनेपा नगरपालिका-१२ को स्थानिय कमला दर्जी र मिठु दर्जीको घरमा आगलागी हुँदा चार लाख बराबरको क्षेति भएको थियो । करेन्ट सट भएर असार ९ गते ११ बजे तिर घरमा आगलागी हुदाँ घरमा भएको खाद्यान्न, लत्ताकपडा, गरगहना, नगद पैसा गरी चार लाख बराबरको क्षेती भएको थियो ।
वडाअध्यक्ष रामबहादुर कुँवरका अनुसार कमला दर्जी र मिठु दर्जीको घर परिवारको आय स्रोत केही पनि नभएको र घर परिवारमा कमाएर ल्याउन सक्ने कोही पनि नएको कारणले समाजसेवी रत्नकुश रंजितलाई आग्रह गरेको हो र उहाँले ३६ पाता जस्ता हस्तान्तरण गर्नुभयो ।
जस्ता पाता हस्तान्तरण कार्यक्रममा बनेपा नगरका युवानेता सगर कपालिको उपस्थिति रहेको थियो । रत्नले केही समयअघि १२ सय घर परिवारलाई राहत बितरण पनि गर्नुभएको थियो ।






