वाग्लेको उपन्यास ‘कदम’ बजारमा

काठमाडौं,
असार १९ ।

लेखक तथा पत्रकार अनन्त वाग्लेद्वारा लिखित उपन्यास ‘कदम’ प्रकाशन भएको छ । फिरन्ते राउटे समुदायका बारेमा लेखिएको उपन्यासलाई काठमाण्डु पब्लिकेसनले बजारमा ल्याएको हो ।

‘जंगलका राजा’ भनेर आफूहरूलाई चिनाउने राउटे समुदायका बारेमा थुप्रै गैरआख्यान पुस्तक प्रकाशित भए पनि यसबारे सम्भवतः यो पहिलो आख्यान भएको पब्लिकेशनको विज्ञप्तिमा उल्लेख छ । राउटे समुदाय कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यानलगायत जिल्लामा अवस्थित जंगलमा ठाउँ सर्दै बस्ने गरेका छन् ।

स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुख-दुःख, परिवार, जनजीविका, प्रेम र प्रणयलगायत अनेक पाटाहरूलाई केलाउँदै लामो समय लिएर लेखक वाग्लेले यो आख्यान तयार पार्नुभएको हो ।

नेपाली साहित्यमा ५० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेका वाग्लेको यो पहिलो उपन्यास हो । ३१६ पृष्ठको यस पुस्तकको मूल्य ४०० रुपैयाँ रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार