कुण्ठा र अहंकारको राजनीति त्यागेर सार्थक वार्तामार्फत ठोस सहमतिमा पुगौं

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
असार १९ ।

लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टी एमालेमा देखिएको गतिरोध अझै अन्त्य हुन सकेको छैन । यो गतिरोध अन्त्य भएमा राजनीतिक निकास मुलुकले छिटो पाउने छ । एमालेका कारण मुलुक सङ्कटतर्फ उन्मुख छ । यदि समयमा एमाले जुटेर जाने हो भने धेरैे समस्या समाधान हुने छ । एमाले मिल्नुपर्छ । मिलेर गए जस्तो राम्रो अरु हुँदैन । तल्लो तहका नेता कार्यकर्ताहरू एमाले मिलेर गए हुन्थ्यो भनेका छन् । एक आपसमा लडेर जादा बिरोधिलाई फाइदा हुने हो आफूलाई हुँदैन । यो कुरा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बुझनुपर्छ । यदि समय छदै कुरा नबुझे भोलि पछुताउनु बाहेक अरु केही हुने छैन । पार्टी बिभाजनले कसैलाई फाइदा गरेको छैन । बिगतको इतिहासलाई केलाएर हेर्ने हो भने पार्टी फुटेर भन्दा जुटेर फाइदा भएको छ । पार्टीहरू जुटनाले गत निर्वाचनमा बहुमत आएको हो । यदि एमाले र माओवादी केन्द्र नमिलिकन चुनाव लडेको भए कसैको बहुमत आउने थिएन । कसैले घमण्ड नगरे हुन्छ । एमाले एक ढिक्का भएर अघि बढ्नुपर्छ । त्यसो भयो भने राम्रो हुन्छ । कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन ।

माओवादीकेन्द्र पनि एक ढिक्का हुनुपर्छ । नेपाली काँग्रेस पनि एक ढिक्का हुनुपर्छ । किनभने लोकतन्त्रवादी शक्ति कमजोर रहदा प्रतिगामी शक्तिहरूले टाउको उठाउने मौका पाउने छन् । त्यसैले एमालेभित्र प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल मिलेर अघि बढदा पार्टीलाई शक्ति मिल्ने छ । पार्टीभित्र दुई धार देखापर्नु दुखद कुरा हो । यसले दुवैलाई घाटा परिरहेको छ । नेकपा एमालेका अध्यक्ष ओलीले माधव–खनाल समूहलाई सिङ्गो पार्टी एक ढिक्का बनाएर लैजान अनुरोध गरिरहेका छन् । तर, माधव-खनाल पक्षले मौका हेरेर बसिरहेको छ । यसरी पार्टी एकता हुँदैन । भावनात्मक एकताका लागि दुवैपक्ष गम्भिर बन्नुपर्छ । एमालेमा दुविधा निम्त्याएको छ । असन्तुष्ट माधव समूहले उठाएका सबै माग संस्थापन पक्षले पूरा गरिदिँदासमेत एमाले पार्टी एक हुन नसक्नु दुखद पक्ष हो ।

असन्तुष्ट समूह नै पार्टी एकताका लागि गम्भिर बन्नुपर्छ । कुरा मात्र गरेर हुँदैन । पार्टी एकताका लागि दुवै पक्षले बिश्वासको बातावरण निर्माण गर्नुपर्छ । पार्टी एक ढिक्का भएर अघि बढ्न केले रोकी रहेको छ ? यसमा दुवै पक्ष लचिलो हुनुपर्छ । नेपाल-खनाल समूहले अहिलेसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीबारे लिएका सबै निर्णय खारेज गरेर नयाँ सिराबाट पार्टीलाई अगाडि बढाउनुपर्ने माग राख्दै आएका छन् । पछिल्लो समयमा आएर पार्टी अध्यक्ष ओलीले महाधिवेशन आयोजक समिति विघटन गरेर उनीहरूको मागलाई सम्बोधन गरिदिएका छन् तर नेपाल–खनाल समूह भने अझै बिश्वस्त हुन सकेको छैन । वर्तमान राजनीतिक अस्थिरताले मुलुक कता जाने हो भन्ने चिन्ता बढाइरहेको छ । त्यसैले पार्टी एक ढिक्का बनाउने कुरामा अव ढिला गर्नु हुँदैन ।

पार्टी अध्यक्ष र वरिष्ठ नेताहरू एकै ठाउँ बसेर संवादको माध्यमबाट समस्याको समाधान खोजिनुपर्छ । कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन । दुवै गुटले आफ्नो सम्पुर्ण उर्जा, शक्ति र सामर्थ्य वादविवादमै खर्च गर्नुभन्दा पार्टीलाई कसरी सवल र जनमुखि बनाउने भन्नेतर्फ ध्यान नपुर्‍याए इतिहासले माफ गर्ने छैन । समयमै दुवै गुटले यो यर्थाथ बुझ्न जरुरी छ । सहकर्मीको उछितो काटेर समय बिताउँन भन्दा सार्थक वार्ता गरेर ठोस सहमतिमा पुगौ अन्यथा अलग अलग बाटो लगौं ।

यसमा तपाइको मत

अन्य समाचार