काठमाडौं,
असार १८ ।
शुक्रबार थप दुई हजार २९९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ५९६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा दुई हजार २९९ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पिसिआर परीक्षण गदा एक हजार ३९१ र चार हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ । नेपालमा पछिल्लो समय कुल संक्रमितको ४.५६ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौँ उपत्यकामा शुक्रबार थप ४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै शुक्रबार थप तीन हजार ४५१ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख तीन हजार ६०० पुगेको छ । नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ ।
देशभर पछिल्लो समय ८१३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन् । ६३२ आइसियू र १८१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड-१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार १७९ पुगेको छ ।






