कविता : भोक

✍️ नीरा सुब्बा नेचाली
दार्जीलिङ,
असार १८ ।

भोकको न त ईश्वर हुन्छ
न त आकार
न अनुहार
हुन्छन त विचार

भोक चिन्दैन विज्ञान
न चिन्दछ विकास
भोक हुन्छ त केवल
मुख बाइरहने दैत्य
मानो रित्तो चुहुने भाँडो

शासकलाई सत्ताको भोक
नेतालाई भोटको
गरीबलाई पेटको भोक
अमीरलाई भकारी भरिरहने भोक
आसक्तिलाई देहको भोक
बलियाबाङ्गोलाई कमजोर
निमुखालाईहेपिरहने भोक
किन बढदैन भोक विश्वशान्तिको ?
किन टर्दैछ भोकमानवताको ?
किन अमन हुँदैछ
मानव प्रेम र भाइचाराको निम्ति ??
भोक धर्मविहीन हुन्छ
आस्था
अनास्थाहीन हुन्छ
भोक अन्धो हुन्छ,

भोकका सामु सबै एकसमान
रभोक सबैको एकैहुन्छ !

यसमा तपाइको मत

अन्य समाचार