केही स्थानमा स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं,
असार १८ ।

जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान जारी गर्दै वायुको देशभर सक्रिय प्रभाव रहेको हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको साथै प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको उल्लेख गरेको छ ।

विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ उल्लेख गरिएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा र एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका विभिन्न स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । निरन्तरको वर्षाका कारण दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार