थप २७ सय ६० जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

काठमाडौं,
असार १७ ।

बिहीबार थप दुई हाजर ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको सात हजार १३० जनाको पिसिआर परीक्षणबाट एक हजार ८५७ र तीन हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनागरी जम्मा दुई हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमित संख्या बिहीबारसम्म ३१ हजार ३६८ छ । सक्रिय संक्रमित ४.९० प्रतिशत छन् ।

यस्तै थप चार हजार १७ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख १४९ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९३.७ प्रतिशत छ ।

उपत्यकामा बिहीबार ४१९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ जना संक्रमित थपिएका हुन । काठमाडौं जिल्लामा पाँच हजार ११ जना सक्रिय संक्रमित छन् ।

थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड-१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार १४५ पुगेको मन्त्रालयले जनाएको छ । मृत्युदर १.४३ प्रतिशत छ ।

यसमा तपाइको मत

अन्य समाचार