कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा चर्चा परिचर्चा चलिरहँदा, गुटहरूका आ-आफना भेला, वैठक र छलफल

काठमाडौं,
असार १७ ।

यतिबेला नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुटदै छ । नेताहरू आ-आफना गुट छोपेर लागि रहेका छन् । गुटको राजनीतिले कुनै पाटीलाई फाइदा गर्दैन । अहिले फेरि काँग्रेस गुटको राजनीतिमा लागेको छ । यो बढो चिन्ताको बिषय हो । नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । देशमा हुने गरेका पटक पटकका आन्दोलनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहदै आएको कुरा कसैले पनि भुल्नु हुदैन । यस पार्टीले राष्ट्र, राष्ट्रियताको लागि ठूलो भूमिका खेलेको छ ।

समाजवादी समाज निर्माण गर्ने यो पार्टीको लक्ष्य हो । तर, अझै लक्ष्य भने पुरा गर्न सकेको छैन । समाजवादको नारा वीपी कोइरालाले अघि सारेका हुन । मेलमिलापको नीति लिएर वीपीले मुलुक बचाएका हुन । उनकै अगुवाइमा तत्कालीन राष्ट्रिय सङ्कटको समाधान भएको पाउन सकिन्छ । देशको स्वाधीनता, अखण्डता र सार्वभौम सत्तालाई सर्वोपरी राख्ने पार्टी हो काँग्रेस । पुरानो काँग्रेस र अहिलेको कांग्रेसमा आकाश धर्ती फरक छ । राजनीतिक विसङ्गीतिर विचलन देखापर्नु दुर्भाग्य हो ।

अनेक कारणले पार्टीप्रति असन्तुष्ट, रुष्ट र पलायन नै भएका छन पुराना र त्यागी नेता । हो यतिबेला नेपाली कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा चर्चा परिचर्चा चलिरहेको छ । गुटहरूका आ-आफना भेला बैठक बाक्लै चलिरहेका छन् । १४औं महाधिवेशनका लागि तीव्र लविङ चलिरहेको छ । कांग्रेस पार्टीको भाग्य र भविष्य निर्माण र सुदृढीकरण गर्न नेताहरूले आ–आफ्ना कमी कमजोरी सच्चाएर जानुपर्छ । अव हस्तक्षेपकारी वैचारिक भूमिका निर्वाह गर्न युवा नेताहरू लाग्नुपर्छ । पार्टी अहिले संस्थापन र संस्थापन इतर समूहका रूपमा खडा भएको अवस्था देखिन्छ । पार्टीमा महाधिवेशनका बेला जुन खालको सैद्धान्तिक वैचारिक तथा आगामी कार्यक्रम र कार्यनीति विधिका बारेमा जुन किसिमले बहस हुनुपर्ने हो त्यो काँग्रेस पाटी भित्र हुन सकेको छैन ।

आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी धेरै देखिएका छन् । तर, अधिकांशले आफू सभापति हुँदा पार्टीलाई बहुमत दिलाउने हल्का भाषणबाहेक पार्टीको नीति, विधि र पद्धतिबारे खासै बोलेका छैनन् । केही समयअघि नेका पार्टीमा समूहसहित प्रवेश गरेका सुनील थापा समूहलाई कांग्रेसले ५५ महासमिति सदस्य प्रदान गरेको छ । एउटाको विचार पारित हुने तर पार्टीको कार्यकारी नेतृत्व अर्कैका हातमा पर्दा पार्टी अगाडी बढन सक्दैन । यस पार्टीमा डा. चन्द्र भण्डारी, एनपी साउद, मनमोहन भट्टराई, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता पार्टी आदर्शप्रति प्रतिबद्ध युवा नेता छन् । यी युवा नेताको हातमा नेतृत्व दिदा राम्रो हुन्छ ।

कांग्रेसलाई बलियो र शक्तिशाली बनाउने हो भने राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवाद विषयमा देशव्यापी छलफल गर्नुपर्छ । अहिले यो पाटी निरिह जस्तो देखिएको छ । पछिल्लो समयमा आएर खासै प्रभावकारी भूमिका खेल्न सकेको छैन । ओली सरकारको मनपरीलाई रोक्न सकेको छैन । आफ्ना आम कार्यकर्ताहरू लाई उर्जा दिन सकेको छैन । युवा शक्तिलाई उर्जाको आबश्यक हुन्छ । लोकतन्त्र बलियो बनाउन पनि काँग्रेस बलियो बन्नुपर्छ । काँग्रेस कमजोर बन्दा लोकतन्त्र कमजोर बन्दै गएको छ ।

यसमा तपाइको मत

अन्य समाचार