✍️ पेशल आचार्य
काठमाडौं,
असार १३ ।
भन्नै पर्ने
महत्वपूर्ण
खास
वानम्बर वान
के गरी बन्छ परिचय ?
अनमोल
अप्राप्ति
अपरिमेय
अतृप्ति
र असमेल
जीवनका धड्कनहरू हुन्,
के गरी
सबैको मन मुटुमा बस्न सकिन्छ ?
के गरी
सबैको आँसु पुछ्न सकिन्छ ?
मानिस आजसम्म
खोजिरहेको छ
तर भेटिरहेको छैन ।।






