✍️ पेशल आचार्य
काठमाडौं,
असार १२ ।
चन्दाको धन्दा गरेर बाँच्ने
अनि सो कल्ड समाजसेवी हूँ भनेर
आफूलाई भनाउनेहरू
बार्गेनिङ् र ब्याकमेलिङ् गर्दै
‘पत्रुकारिता’गर्ने
अनिआफूलाई राज्यको चौथो अङ्ग भनेर
भनाउनेहरू
जनताको नाममा राजनीति गर्ने
अनि सत्तामा गएपछि
तानाशाह झैँ व्यवहार देखाउने
राजनीतिक पार्टीहरु
विद्यालयमा राजनीतिकगतिविधि गर्ने
र विद्यालयको वातावरण
स्वच्छ, मर्यादित र स्वतन्त्र हुनुपर्छ भन्नेहरू
मानवताको रक्षाका लागि शपथ खाने
अनि घरखेत बेच्दा पनि
उपचार खर्च तिर्न नपुग्ने बिल काट्ने
डाक्टरहरू
दीन दुःखीका लागि सक्दो सहयोग गछौं भन्ने
तर व्यवहारमा बगरेझैँ हुने
वकिलहरू
यी सबै-सबै
सो कल्ड पेसाकर्मी हुन्,
मानवता हरायो
दानवता मौलायो
त्यसैले अहिलेको समाजमा
आफूलाई मन पर्नेलाई
देवत्वकरण गर्यो
आफूलाई मन नपर्नेलाई
दानवीकरण गर्यो,
सार्वकालिक सत्यलाई छोपेर
अनुकूल सत्य बोल्यो
आफैँले आफैँलाई
ठूलो मान्छे भनेर
मपाइँ छाट्यो,
यी र यस्तै ढोँगका पोसाकहरू लगाउने
आधुनिकमा नव हुन्
कृपया यिनीहरूबाट बँच्नुहोला ।।






