कविता : कालजयी

✍️  पुष्प शर्मा
सिङ्ताम, सिक्किम ।
असार ७ ।

आऊ योग गरौँ,
हामी योग बनौँ ।

सीमित जीवनलाई
असीमित प्रकृतिसँग छोएर
आफ्नै अन्तरको व्यापक शून्यतालाई जोडौँ,
हामी समय र सम्भावना बनौँ ।
जिवाइलाई जीवन बनाऔँ ।

हामी अँगालोमा योग बनौँ,
आत्मा र परमात्माजस्तै
तिमी र म
एउटै सास बनौँ,
मुटु र मनको धड्कन एउटै होस्,
एउटै शरीर बनौँ ।
हाम्रा ओँठमा एउटै चुम्बन होस् र मुस्कान ।
हामी मोहन-मीरा बनौँ,
महाकाल र महाकाली बनौँ,
कालजयी
योग मुद्रामा ।

(योग दिवसको उपलक्ष्यमा)

यसमा तपाइको मत

अन्य समाचार