बरिष्ठ अभिनेता कृष्ण मल्लको संयोजकत्वमा बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन समिति गठन

काठमाडौं,
असार ५ ।

बरिष्ठ अभिनेता कृष्ण मल्लको संयोजकत्वमा बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन कलाकारहरू रहेको समिति गठन भएको छ । शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागि बैठकले यस्तो समिति गठन गरेको हो ।

उक्त समितिले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्ने छ । बैठकमा सिन्धुपाल्चोक जिल्ला विकास समिति सभापति कृष्णगोपाल तामाङ, मेलम्चीका मेयर डम्बरबहादुर अर्याल, कलाकारहरू जितु नेपाल, चेतन सापकोटा, श्वेता खड्का, कृष्ण ढुंगाना सहभागि हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

अन्य समाचार