थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३ हजार ६६० संक्रमण मुक्त, ३४को मृत्यु

काठमाडौं,
असार ५ ।

शनिबार थप दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको सात हजार १० पिसिआर परीक्षणका क्रममा एक हजार ६८८ र चार हजार ६८६ एन्टिजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ । पछिल्लो समय सक्रिय संक्रमित संख्या ५७ हजार ६१८ रहेको छ ।

देशभर पछिल्लो समय एक हजार १३२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ८७४ आइसीयू र २५८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार एक हजार ११८ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।

पछिल्लो समय कोरोना संक्रमतिको संख्यामा कति आउँदै जादा संक्रमण मुक्त हुनेको संख्या बढदै गएको छ । शनिबार थप तीन हजार ६६० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको मन्त्रालयले जनाएको छ ।

शनिबार थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड–१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या आठ हजार ६७५ पुगेकोे छ ।

यसमा तपाइको मत

अन्य समाचार