केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,
असार ३ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुकै प्रभावले आज देशका तीन वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।

आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन, चट्टयाङसहित भारी वर्षाको सम्भावना छ महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भू-भागमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव,को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार