केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,
जेठ ३१ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले आज दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । यो क्रम आगामी बुधबारसम्म जारी रहने महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ । भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

‘देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

अन्य समाचार