काठमाडौं,
जेठ २७ ।
जल तथा मौसस पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले विभिन्न स्थानमा वर्षाको भएको छ जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको उल्लेख गरेको छ ।
आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म कायम रहने महाशाखाले विहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।






