प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन, राष्ट्रपति र प्रधानमन्त्रीका नाममा कारण देखाउ आदेश

काठमाडौं,
जेठ २६ ।

संवैधानिक इजलासले संसद विघटनको मुद्दामा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

आजको संवैधानिक इजलासले निवेदककर्ताको बहसपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले राष्ट्रपति र प्रधानमन्त्रीका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ । इजलासले असार ९ गतेदेखि निरन्तर सुनुवाइ जारी राख्ने जनाएको छ ।

असार ८ गतेभित्र राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले कारण प्रस्तुत गरेपछि ९ गतेदेखि यस मुद्दाको सुनुवाइ सुरु हुने भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार