कविता : सम्पादन नगरी

✍️ पेशल आचार्य
काठमाडौं,
जेठ २३ ।

मृत्युपछि
कोरोना पुष्टि हुने
कन्ट्य्राक्ट ट्रेसिङ्ले
नवजात शिशुलाई नछुने
बिरामीझाडा पखालाका छन्
जीवनजल छैन
होनहार युवक मर्छन्
मरेपछि कोरोना पुष्टि
दुईपटक मृत्युवरण गर्ने
हामी भाग्यमानी नेपाली
मरेको नौ दिनमा रोग खुट्याइन्छ
समाचारले
मलामी फरार हुनु पर्ने वातावरण
यस्ता कोमल चित्रहरू हुन् यी
जसलाई सम्पादनको कुनै जरूरी छैन
गुलिया वचनको कुनै माहुर चाहिँदैन
आफ्नै कर्मचारीको उपचार गर्न नसक्ने
निजी अस्पतालहरू
सरकारीतिर कुदाउँछन् रोगीलाई,

कार्यकारी महलमा बसेर
भोकले मर्नै नपाइने
कानुनको ऐलानगर्दै कविता लेख्छन्
देशैभरि करतलध्वनि बज्छन्,

तर हिँड्दा हिँड्दैकोभोकले
भाग्यबहादुर नाम काम जदुर मर्छन्
सरकार चुप लाग्छ
संसार प्रेमको ‘हाइवे’मा स्पिड लगाइरहेका बेला
सुदूर रुकुमतिर कठै !
हामी अझै मानिस हुने प्रयासमा रहेनछौं
यो त एउटा प्र्रतिनिधि घटना मात्र हो
जीवनका रहरहरू असमयमै
दानवीयतवरमा निमोठिन्छन्
द्रूत घातक विषाणुको कहर
अझै कतै लामो जाने हो?
अहिले मेरो देशमा
मानवताको लक डाउन भएको छ,

दाजु कपाल के किन फुलेको हजुरको ?
कोरोना कहरमा
बेसार खेलो गरेर ।

यसमा तपाइको मत

अन्य समाचार